२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जसपा नेपालको झापा जिल्ला समिति पुनर्गठन, अध्यक्षमा चौधरी

बुधवार , कार्तिक १४, २०८१

झापा, १४ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालको झापा जिल्ला समिति पुनर्गठन भएको छ । बुधबार दमकमा आयोजित कार्यक्रमबाट शत्रुधन चौधरीको अध्यक्षतामा जिल्ला समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा रविलाल ताजपुरिया र साबित्रीकुमारी राजवंशी, सचिवमा विकास महतो, उपसचिव आकाश लावती र कोषाध्यक्षमा नूतन झा चयन भएका छन् । 

त्यस्तै सदस्यहरुमा लुखीराम मुर्मु, जीतबहादुर राई, राजेन्द्र दियाली, गोपाल ताजपुरिया, राजेश राजवंशी, रञ्जना ढुङ्गाना, जयनारायण राजवंशी र गुणराज राई रहेका छन् ।