
सोमवार , फाल्गुण २४, २०७७
भैरहवा, २४ माघ ।
१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मायादेवी च्यारिटेबल फाउण्डेशनले सोमबार समाजमा योगदान गर्ने महिलाहरुलाई सम्मान गरेको छ । फाउण्डेशनले पत्रकारिताको माध्यमबाट समाजमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पत्रकार शारदा मल्ललाई सम्मान गरेको छ ।
त्यस्तै स्वास्थ्य क्षेत्रबाट भिम अस्पतालकी मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्ता र समाजसेवी महिलाको रुपमा सक्षम सहारा बहुउद्देश्यीय महिला समूहकी शान्ता कंडेललाई सम्मान गरिएको फाउण्डेशनका संस्थापक रवि कुमार रौनियारले जानकारी दिए । उक्त कार्यक्रममा कोभिड विशेष अस्पताल सञ्चालन गर्ने युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) का डा. लुना अर्याल र हालै सम्पन्न सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६२ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट उद्योगतर्फको कार्यसमिति सदस्यमा निर्वाचित रचना क्षेत्रीलाई सम्मान गरिएको थियो ।
फाउण्डेशनले भैरहवामा एक कार्यक्रमको आयोजना गरी भैरहवा दुई जनालाई व्हील चेयर समेत प्रदान गरेको छ । त्यस्तै ३ जना अतिविपन्न महिलालाई नगदसहित एक महिनाको लागि खान पुग्ने राहत सामाग्री प्रदान गरिएको रौनियारले बताए ।
दिवसकै अवसरमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित महात्मा बुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत प्रदान गरिएको उनले जानकारी दिए । त्यस्तै कोभिडको कारण बन्द गरिएको अन्नपूर्ण भोजन पनि नारी दिवसकै अवसर पारेर सुरु गरिएको रौनियारले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij