
बुधवार , कार्तिक १४, २०८१
दाङ, १४ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजनीतिक सल्लाहकारमा बर्दियाको गुलरिया नगरपालिका–४ का लक्ष्मणराज ज्ञवाली नियुक्त गरेका छन् ।
नेकपा (एमाले) बर्दिया इन्चार्ज र केन्द्रीय सदस्य ज्ञवालीलाई आचार्यले राजनीतिक सल्लाहकारका नियुक्त गरेका हुन्् । स्नातकसम्म अध्ययन गरेका ज्ञवालीले यसअघि पशुपति विकास समितिको सदस्य, गुठी संस्थानको अध्यक्ष र मितेरी साहित्यिक पत्रिकाको सम्पादक लगायत विभित्र सामाजिक संघ–संस्थामा काम गरिसकेका छन् । पञ्चायत कालमा भूमिगत जीवन बिताएका ज्ञवालीले ८ वर्ष जेल जीवन समेत बिताउनुपरेको थियो ।
अनेरास्ववियूको केन्द्रिय सदस्य हुँदै राष्ट्रिय युवा संघको राजनीति गरेका ज्ञवालीले किसान र भूमि आन्दोलनलाई उचाईमा पुर्याउन योगदान रहेको छ । लुम्बिनी प्रदेशलाई सबै हिसावले सफल बनाउने गरी प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने ज्ञवालीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij