
बुधवार , कार्तिक १४, २०८१
भैरहवा, १४ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रीय सचिवमा रुपन्देहीका जैनुद्दीन देवान मनोनित भएका छन् । संघका केन्द्रीय अध्यक्ष रोशन कुमार मिश्रले बिहीबार उनलाई सचिवमा मनोनयन गरेका हुन् ।
त्यस्तै रुपन्देहीका अजय कुमार जैसवाललाई लोकतान्त्रिक विद्यार्थी संघको उपाध्यक्ष उमेश अग्रहरीलाई सह-महासचिव तथा रुपन्देहीकै धिरज पाल, अमन बनिया, आकाश यादव र जीवन तिवारीलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ । त्यसै गरी अध्यक्ष मिश्रले संघको पदाधिकारी तथा सदस्यहरुमा विभिन्न जिल्लाका विद्यार्थी नेताहरुलाई मनोनयन गरेका छन् ।
संघको संशोधित विधान अनुसार उनीहरुलाई मनोनयन गरिएको हो । योसँगै लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रीय कार्यसमिति १३३ सदस्यीय भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij