
बुधवार , कार्तिक १४, २०८१
भैरहवा, १४ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रीय सह–महासचिवमा रुपन्देहीका उमेश अग्रहरी मनोनित भएका छन् । संघका केन्द्रीय अध्यक्ष रोशन कुमार मिश्रले बिहीबार उनलाई सह–महासचिवमा मनोनयन गरेका हुन् ।
सह–महासचिवको जिम्मेवारी पाएका अग्रहरीले पार्टी, देश र विद्यार्थीको हितमा काम गर्ने खबरपात्रोलाई बताए ।
संघको संशोधित विधान अनुसार उनीसहित विभिन्न जिल्लाबाट पदाधिकारी र सदस्यहरुलाई मनोनयन गरिएको हो । योसँगै लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रीय कार्यसमिति १३३ सदस्यीय भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij