२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जसपा नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन

शुक्रवार , कार्तिक १६, २०८१

भैरहवा, १६ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् । यसरी पुनर्गठन भएका जिल्लाहरुमा कोशी प्रदेशको झापा र गण्डकी प्रदेशअन्तर्गतका तनहुँ र नवलपुर जिल्ला समिति रहेका छन् ।

दमकमा आयोजित कार्यक्रमबाट शत्रुधन चौधरीको अध्यक्षतामा झापा जिल्ला समिति पुनर्गठन भएको छ । त्यस्तै जसपा नेपालको तनहुँ जिल्ला देउबहादुर थापा मगरको अध्यक्षतामा ३१ सदस्यीय समिति पुनर्गठन भएको छ । त्यसै गरी ओमबहादुर रानाको अध्यक्षतामा १७ सदस्यीय नवलपुर जिल्ला समिति पुनर्गठन भएको छ ।

जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माणको चारमहिने अभियानअन्तर्गत जसपा नेपालले संगठन गठन, पुनर्गठन, अनुगमन तथा विस्तारित बैठकको आयोजना गरिरहेको छ ।