
शनिवार , कार्तिक १७, २०८१
भैरहवा, १७ कार्तिक । रुपन्देहीको भैरहवाका अभिषेक बरालले रजत पदक जित्न सफल भएका छन् । २०२४, अक्टोबर २७ तारिखमा ताइवानमा भएको ‘ताईपाई सिटी कप तेक्वान्दो च्याम्पीयनसीप’ मा बरालले रजत पदक जितेका हुन् ।
यस अघि इण्डोनेसियामा भएको छैठौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा पनि उनले रजत पदक जितेका थिए । बराल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८, रविपथ निवासी हुन् । उनी भैरहवा तेक्वान्दो क्लबका उत्पादन हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij