२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा भाइटीका ग्रहण

आइतवार , कार्तिक १८, २०८१

रुपन्देही, १८ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भाइटीका ग्रहण गरेका छन् । शुभ साईत बिहान ११ बजेर ३७ मिनेटमा मुख्यमन्त्री आचार्यले भाइटीका ग्रहण गरेको उनको निजी सचिवालयले जनाएको छ । मुख्यमन्त्री आचार्यले जेठी दिदी शारदा पौडेल, माइली दिदी शान्ता न्यौपाने र बहिनी सरिता पन्थीको हाटबाट टीका ग्रहण गरेका हुन् ।

त्यस्तै मुख्यमन्त्री आचार्यसहित उनका जेठा दाई बाबुराम आचार्य, साईलो भाइ खुविराम आचार्य र कान्छो भाइ माधव आचार्यले समेत दिदीबहिनीको हातबाट टीका ग्रहण गरेका छन् । 

WhatsApp Image 2024-11-03 at 12.26.54 PM.jpeg

यसैबीच तिहारको अवसरमा शुभकामना दिदै मुख्यमन्त्री आचार्यले तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै सामाजिक, साँस्कृतिक एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास लिएको बताएका छन् ।

तिहार मनाउने मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने समेत आशा व्यक्त गरे । कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्व नेपालीहरूको मौलिक चाडको रूपमा रहेको छ ।