२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लायन्स ईन्टरनेशनल ३२५ पी को दोस्रो क्याबिनेट मिटिङ बुटवलमा

सोमवार , कार्तिक १९, २०८१

बुटवल, १९ कार्तिक । लायन्स क्लब ईन्टरनेशनल ३२५ पी, नेपालको दास्रो क्याबिनेट मिटिङ (बैठक) रुपन्देहीको बुटवलमा हुने भएको छ । यही कार्तिक २४ गते शनिबार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने बैठकको तयारी भइरहेको आयोजकले जनाएका छन् । 

विभिन्न सामाजिक कार्य गर्दै आएको लायन्स अन्तर्राष्ट्रिय जिल्ला परिषद ३२५ पी, नेपाल २०२४/२५ को दास्रो क्याबिनेट मिटिङ सामाजिक उद्यमशिलतालाई प्राथमिकता राखेर बैठक हुनेछ । कार्यक्रममा लिडरसिप टे«नर तथा वरिष्ठ पत्रकार राजेन्द्र बानियाले बढ्दो युवा पलायन, सामाजिक उद्यमशिलता हाम्रो भविष्यबारे र हामीले कसरी आफ्नो घरपरिवार, साथीभाई तथा समाजमा सामाजिक उद्यमशीलतामार्फत प्रोत्साहित गर्न गर्न सकिन्छ भन्ने बारेमा बोल्नेछन् ।

त्यस्तै कार्यक्रममा वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले सामाजमा लायन्सको भूमिका, सद्भाव, सेवा, सत्कार बारेमा बोल्नेछन् । 

लायन्स इन्टरनेशनल ३२५ पी नेपाल डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले  यो वर्ष २०२४/२५ मा सामाजिक सेवासहित अबको क्लबले उद्यमशीलतामार्फत कसरी समाजमा सकारात्मक प्रभाव ल्याउन सकिन्छ र आर्थिक विकास गर्न सकिन्छ भन्ने योजनासहित नयाँ थिम अगाडी सारिएको बताए ।  

कार्यक्रममा इन्टरनेशनल डारेक्टर बालकृष्ण बुर्लाकोटी, पिआइडी जिएटी क्सीटुसनल एरिया लिडर इसामे इञ्जिनियर संजय खेतान, जिएटी एरिया लिडर खगेन्द्र सिटौला, एलसीआएफ एरिया लिडर राजन लम्साल मल्टीपल काउन्सील चेयरपर्सन रमेश कुमार लामा, मल्टीपल डिष्ट्रिक मार्केटिङ्ग कोडिनेटर अरुण प्रताप राणा, डिष्ट्रिकका निवर्तमान गभर्नर अर्जुनमान सैजु, फष्ट भिडिजी बालाराम भट्टराई, सेकेण्ड भिडीजी सन्दीप कसौधन, पूर्व गभर्नरहरु नवराज न्यौपाने, सुनिल वझा, अनुप पहारी, महेन्द नारायण श्रेष्ठ लगायत लायन्सका लिडरहरुको उपस्थिथि हुने डिष्ट्रिक सचिव माधव खनालले बताए ।

डिष्ट्रिक ३२५ पि का १ हजार भन्दा बढी लायन्स लियोहरुको सहभागीता रहने सचिव खनालले जानकारी दिए ।