२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

दार्चुलाको खलंगामा वृक्षरोपण तथा विरुवा वितरण

मंगलवार , कार्तिक २०, २०८१

भैरहवा, २० कार्तिक । लुम्बिनी विश्व शान्ति मञ्चले सुदुरपश्चिम प्रदेश अन्तर्गत दार्चुलाको महाकाली नगरपालिकास्थित खलंगामा वृक्षरोपण तथा विरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी विश्व शान्ति मञ्च र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संयुक्त आयोजनामा नगरपालिकाको सामुदायिक वन गल्फैभित्र उक्त कार्यक्रम भएको हो । साथै आजै लुम्बिनी विश्व शान्ति मञ्चले महाकाली नगरपालिकाका प्रमुख (मेयर) नर सिंह चैंसिरलाई १८० वटा सुन्तलाको बिरुवा हस्तान्तरण गरेको छ ।  

१० लाख वृक्षरोपण तथा संरक्षण अभियान अन्तर्गत १२० विरुवा रोपिएको मञ्चका अध्यक्ष बासु गौतमले जानकारी दिए । लुम्बिनी विश्व शान्ति मञ्चले देशैभरी यो अभियान सञ्चालन गरेको छ । जसलाई राष्ट्रिय बाणिज्य बैंक र कम्युनिटी लिडर सिप नेपाल लगायत संस्थाको सहयोग छ ।  

१० लाख वृक्षरोपण तथा संरक्षण अभियान अन्तर्गत यो वर्ष देशैभरी १ लाख विरुवा रोपेर संरक्षण गर्ने योजना रहेको गौतमको भनाइ छ । अभियानलाई नेपाली सेना, सशस्त्र प्रहरी बल लगायतको सहकार्य रहेको छ ।

WhatsApp Image 2024-11-05 at 12.59.58 PM.jpeg
WhatsApp Image 2024-11-05 at 12.59.29 PM.jpeg