
बुधवार , कार्तिक २१, २०८१
भैरहवा, २१ कार्तिक । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियन रुपन्देहीको अध्यक्षमा कृष्णा कुमार गुप्ता मनोनित भएका छन् । उनलाई जसपा जिल्ला समन्वय समिति, रुपन्देहीका अध्यक्ष शिवदास यादवले जिल्ला अध्यक्षमा मनोयन गरेका हुन् । त्यस्तै अध्यक्ष यादवले युनियनको जिल्ला इञ्चार्जमा रोशन कुमार मिश्रालाई मनोनयन गरेका हुन् ।
त्यसै गरी युनियनको उपाध्यक्षमा लक्की पाण्डे, कोषाध्यक्षमा दिपक गुप्ता, सचिवमा इरफान अली फकिर, सह–सचिवमा गुन्जा गुप्ता र सह–कोषाध्यक्षमा सैफ खान मनोनित भएका छन् । सदस्यहरुमा अब्दुल कादिर फारुकी, अभिशेक गुप्ता, रजत चौधरी, आकाश मुराउ, सुरज धवल, शैलेन्द्र यादव, शुभम शर्मा, सोनी खातुन, मस्सी गौतम, मुकेश यादव, उमेश यादव, रंजीत गुप्ता, अरबाज खान, अमन अली र राकेश यादव रहेको जसपा रुपन्देहीका इञ्चार्ज मोहम्मद अलीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij