
शुक्रवार , कार्तिक २३, २०८१
बुटवल, २३ कार्तिक । रोटरी क्लब अफ बुटवल चौतारीको आयोजनामा अन्तर्राष्ट्रिय योग गुरुको साथमा ध्यान शिविर सम्पन्न भएको छ । पथिक फाउण्डेशन शंकरनगरमा अन्तर्राष्ट्रिय योग गुरु आनन्दद्वारा ध्यान शिविरमा योग तथा मेडिटेशन गराइएको थियो । उक्त ध्यान शिविरमा रोटरी बुटवल चौतारीका सम्पूर्ण सदस्य रोटरीयनहरु परिवारसहित उपलस्थित भएको क्लबका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए ।
अन्तर्राष्ट्रिय योग गुरु आनन्दले मेडिटेशनले आफ्नो शरीर, मन र यसमा उत्पन्न हुने सबैखाले तरंग र भावनाप्रति सजग रहन सिकाउने बताए । ध्यान विधिले जीवन जिउने कला सिकाउने भन्दै उनले यसको महत्व अन्तर्राष्ट्रिय जगतले बुझिसकेको बताए ।
कार्यक्रममा उपस्थित रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटानका पूर्व डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले ध्यान शिविरमा मानिसमा सकारात्मक सोंचको विकास गर्ने भन्दै यस्ता खालका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन रोटरी क्लव अफ बुटवल चौतारीलाई आग्रह गरे ।
क्लबका अध्यक्ष नुमेन्द्र पौडेलले अन्तर्राष्ट्रिय गुरुसँगको ध्यान शिविर निकै फलदायी रहेको बताए । उनले आगामी दिनमा पनि क्लबले यस्ता खालका कार्यक्रमलाई अगाडि बढाउने जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij