
शुक्रवार , कार्तिक २३, २०८१
भैरहवा, २३ कार्तिक । छठ पर्वको अवसरमा लायन्स क्लब अफ सिद्धार्थनगर गौतम बुद्ध र लियो क्लब अफ सिद्धार्थनगर गौतम बुद्धले चिया र प्रसाद वितरण गरेका छन् ।
शुक्रबार बिहान सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री कालीभक्ति गण (ई) अगाडि र सिद्धार्थनगर–४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा चिया र प्रसाद वितरण गरिएको लियो सिद्धार्थनगर गौतम बुद्धका संस्थापक अध्यक्ष सन्दिप कसौधनले बताए । अध्यक्ष कसौधनका अनुसार दुवै स्थानमा गरी १० हजार हजार जनालाई चिया र प्रसाद वितरण गरिएको थियो ।
क्लबले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिने कार्यक्रम संयोजक अभिशेक सापकोटाले बताए ।
लायन्स र लियोसँगै विभिन्न संघ–संस्थाहरुले छठ पूजा स्थलमा प्रसाद वितरण गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij