
शुक्रवार , कार्तिक २३, २०८१
भैरहवा, २३ कार्तिक । रुपन्देहीको सियारी गाउँपालिकाको आयोजनामा अध्यक्ष कप दोस्रो रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा सियारी गाउँपालिकाभित्रका ८ वटा टीमको सहभागीता रहेको छ । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु र प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले रेफ्रीलाई गोल हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गरेका छन् ।
कार्तिक २६ गतेसम्म हुने प्रतियोगितामा प्रथम हुने टीमले १ लाख १ हजार रुपैयाँ नगद, शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टीमले ५१ हजार रुपैयाँ प्राप्त गर्ने पालिकाका खेलकुद विकास समिति संयोजक गोपाल ज्ञवालीले जानकारी दिए ।
प्रतियोगिताको पहिलो दिन वडा नम्बर १ को हाटी अमुवा युथ क्लब र वडा नम्बर ३ बीच तथा वडा नम्बर ५ र वडा नम्बर ७ को राईजिङ युवा क्लबबीच प्रतिष्पर्धा भएको छ ।प्रतियोगिताको पहिलो खेलमा हाटी अमुवा युवा क्लब विजयी भएको छ । हाटी अमुवाले ७ गोल हानेको थियो । वडा नम्बर ३ ले १ गोल मात्र हान्न सफल भएको कार्यक्रम सञ्चालक ईन्द्र प्रसाद तिवारीले जानकारी दिए ।
प्रतियोगिताको पहिलो खेलका म्यान अफ द म्याच हाटी अमुवाकै १३ नम्बरका जर्सी सन्दिप पासी घोषित भएका छन् । प्रतियोगिता अन्तरगत शनिवार वडा नम्बर ६ को एनडिटिवाईसी बी र वडा नम्बर ७ को अमुवा युथ क्लबबीच हुने छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij