२०८२, भाद्र २२ गते

Sep 07 2025 | २०८२, भाद्र २२ गते

म्यानमारका प्रसिद्ध बौद्ध धर्म गुरु फा–उक सयाडोद्वारा लुम्बिनी भ्रमण

शुक्रवार , कार्तिक २३, २०८१

  • 835
    Shares
  • 835
    Shares
  • लुम्बिनी, २३ कार्तिक । म्यानमारका प्रसिद्ध बौद्ध धर्म गुरु फा–उक सयाडो भदन्त अचिन्नाले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । म्यामारका प्रसिद्ध एवं बौद्ध धर्मका ९१ वर्षिय शिखर धर्मगुरु फा–उक सयाडोले लुम्बिनीस्थित मायादेवी मन्दिरसँगै विहार क्षेत्र एवं प्राचीन कपिलवस्तु क्षेत्रको भ्रमण गरेका हुन् ।

    कार्तिक १८ गते लुम्बिनी आइपुगेका धर्मगुरुले मायादेवी मन्दिरको दर्शनसँगै ध्यान र पूजा समेत गरेका थिए । त्यसै गरी लुम्बिनी गुरुयोजना क्षेत्रभित्र धर्मगुरुले सालवृक्ष वृक्षरोपण गरेका छन् । 
    भ्रमण टोलीका तारा राईका अनुसार लुम्बिनी क्षेत्रसँगै धर्मगुरु फा–उकले प्राचिन कपिलवस्तुस्थित बुद्धले ज्ञान प्राप्तीपछि प्रथमपटक पिता शुद्धोधनलाई भेट गरेको कुदान निग्रोधाराम, कक्रुछन्द बुद्धको जन्मस्थल गोटिहवा, कनमुनि बुद्धको जन्मस्थल निग्लिहवाको भ्रमण गरेका थिए ।

    manmar guru.jpg

    त्यसै गरी धर्मगुरुले बुद्धले ५ सय जना अरहन्त र असंख्या देवताहरुलाई महासम्मयसुत्त उपदेश दिएको महावन जंगलको समेत भ्रमण गरी बाणगंगा नदीको किनारमा पुगेर ध्यान गरेका थिए।

    धर्मगुरुलाई लुम्बिनी र कपिलवस्तु क्षेत्रमा लुम्बिनी विकास कोषका लेखा अधिकृत भिम बस्नेत र सूचना शाखाका विकास लामाले जानकारी दिनुका साथै सहजीकरण गरेका थिए । धर्मगुरुलाइ लुम्बिनी बौद्ध विश्वविद्यालयले समेत स्वागत गरेको थियो ।

    manmar guru 2.jpg

    ६ दिनको भ्रमण सकाएर धर्मगुरुसहितको टोली शुक्रबार दोलखा फर्किएको छ । त्यहाँ धर्मगुरु फा–उककै नेतृत्वमा धम्मदायाद ध्यान केन्द्र निर्माण गरिएको छ ।