२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुटवल स्वास्थ्यको हब बन्दै गएको छ : सभामुख घर्ती

शनिवार , कार्तिक २४, २०८१

बुटवल, २४ कार्तिक । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले रुपन्देहीको बुटवल स्वास्थ्यको हब बन्दै गएको बताएका छन् । उनले शिक्षासँगै बुटवल अब स्वास्थ्यमा पनि पश्चिम नेपालको हब बन्दै गएको बताएका हुन् ।

बुटवलस्थित बुटवल हस्पिटल प्रा.लि.को स्थलगत अवलोकन गर्दै उनले अब बुटवलवाट बिरामी अन्यत्र जान नपर्ने बताए । निजी क्षेत्रको लगानीमा बुटवल हस्पिटल प्रा.लि. सबै हिसाबले उपयुक्त बनेको भन्दै सरकारी अस्पताल निर्माण गर्दा पनि यसवाट सिक्नुपर्ने उनले बताए । 

उनले बुटवल हस्पिटल प्रा.लि.ले स्वास्थ्यमा एउटा ईट्टा थपेको बताए । बुटवलवाट रिफर भएर भारत तथा काठमाडांै जाने बिरामीहरुले धेरै दुःख र हैरानीका साथै ठगिएको गुनासो आउने गरेको उनको भनाइ छ । 

सो अवसरमा पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले बुटवल हस्पिटल धेरै हिसाबले उपयुक्त बनेको भन्दै यसले अझै आफूलाई स्पेशल हुने गरी फोकस गर्नुपर्ने बताए । उनले बुटवल हस्पिटल प्रा.लि.आएपछि बिरामी हरहालतले उपचार पाउने विश्वास नागरिकमा बनाउनुपर्ने बताए । 

सो अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चुन्न प्रसाद पौडेलले सभामुख र पूर्वमन्त्रीलाई स्वागत गर्दै हस्पिटल बने पनि यसको दिगोपनका लागि सबैको सहयोग आवश्यक पर्ने बताए । सो अवसरमा समितिका उपाध्यक्ष ललित प्रसाद खरेल, सचिव मोहन पाण्डे, अस्पतालका निर्देशक डा कृष्ण खनाल लगायतको सहभागीता रहेको थियो ।