२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामा र जजिरा एयरवेज सिइओ बराथनबीच भेटवार्ता

शनिवार , कार्तिक २४, २०८१

लुम्बिनी, २४ कार्तिक । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) सँग जजिरा एयरवेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बराथन पशुपतिले लुम्बिनीमा भेटवार्ता गरेका छन् । भेटवार्तामा  हवाई माध्यमबाट भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा हवाइ माध्यमबाट पर्यटक ल्याउने विषयमा छलफल भएको छ ।

उपाध्यक्ष लामाले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेकोमा एयरवेजलाई धन्यवाद दिए । सिइओ बराथनले संसारभरका बौद्धमार्गीहरुलाई सहुलियत दरमा लुम्बिनी ल्याउन सक्दो प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले उडान सुचारु हुनु सकारात्मक भएको भए पनि नियममित उडानका लागि वैदेशिक रोजगारीमा जानेहरुका लागि श्रम र स्वास्थ्य परीक्षण जस्ता आवश्यक सुविधाहरु भैरहवाबाट उपलब्ध गराउन पहल गरिदिन आग्रह गरे । 

भेटवार्तामा सहभागी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले यथाशिघ्र वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक सम्पूर्ण सुविधाहरु उपलब्ध गराउने विषयमा पहल भइरहेको जानकारी दिए । भेटमा जजिरा एयरवेज नेपाल प्रतिनिधि, रुपन्देहीका सुरक्षा प्रमुखहरु र एयरवेजका कार्मचारीहरुको सहभागीता रहेको थियो ।