२०८३, आषाढ ३१ गते

Jul 15 2026 | २०८३, आषाढ ३१ गते

माध्यमिक शिक्षा परिक्षा (एसईई) जेठ १३ गतेदेखि हुने 

मंगलवार , फाल्गुण २५, २०७७

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • काठमाडौँ, २५ फागुन 

    यस वर्षको माध्यमीक शिक्षा परिक्षा (एसईई) आगामी जेठ १३ गतेदेखि हुने भएको छ। मंगलबार बसेको राष्ट्रिय परिक्षा बोर्ड बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परिक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले जानकारी दिए।

    आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने गरी गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले निणर्य गरेको थियो। प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परिक्षा बोर्डले साविक बमोजिम परिक्षा सञ्चालन, व्यवस्थापन , नतिजा प्रकाशन र प्रमाणीकरण गर्न प्रबन्ध मिलाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो।