२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

टाइगर प्यालेस रिर्सोटद्वारा ‘टाइगर रिवार्डस’ कार्यक्रम सार्वजनिक

सोमवार , कार्तिक २६, २०८१

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, २६ कार्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५, स्थित पाँचतारे टाइगर प्यालेस रिर्सोटले नियमित सेवा लिने ग्राहकलाई सम्मान गर्न ‘टाइगर रिवार्डस’ कार्यक्रम सार्वजनिक गरेको छ । 

    ग्राहकको नियमित संलग्नताका आधारमा उनीहरुले रिर्सोटप्रति देखाएको निष्ठाको सम्मानस्वरुप यो कार्यक्रम सञ्चालन गरिएको टाइगर प्यालेस रिर्सोटले जनाएको छ । रिर्सोटद्वारा जारी विज्ञप्ती अनुसार बारम्बार आएर सेवा लिने ग्राहकलाई सम्मान प्रकट गर्न सेवामा विशेष छुट व्यवस्था गरिएको हो । 

    रिर्सोटका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपक लेखकका अनुसार बारम्बार आउने ग्राहक लक्ष्ँित गरेर ‘टाइगर रिवार्डस’ कार्यक्रम सार्वजनिक गरिएको हो । ‘टाइगर प्यालेसमा आएर नियमित सेवा लिने ग्राहकलाई कोठा, खाना, स्पा लगायत सुविधामा विशेष छुटको व्यवस्था गरिएको छ,’सीइओ लेखकले भने, ‘हामीप्रति ग्राहकले देखाएको मायाको सम्मान स्वरुप छुट व्यवस्था गरेका हौं ।’ 

    नियमित सेवा लिने ग्राहकलाई धन्यवाद दिन र सम्मान गर्न टाइगर रिवार्डस सञ्चालनमा ल्याएको उनले बताए । ग्राहकलाई सम्मान प्रदान गर्न रिर्सोटले निश्चित मापदण्ड तय गरेको लेखकले जनाए । उनका अनुसार ग्राहकले रिर्सोटमा आएर लिएको सेवाका आधारमा उनीहरुलाई यस्तो छुट प्रदान गरिनेछ । 

    रिर्सोटले रुपन्देही र आसपासका प्रमुख व्यवसायिक व्यक्तिलाई आमन्त्रित गरेर कार्यक्रम सार्वजनिक गरेको थियो । ‘रिर्सोटका सेवालाई जानकारी दिने उद्देश्यले जमघट गरिएको हो,’लेखकले भने,‘ग्राहकले हामीप्रति देखाएको निष्ठालाई पुरस्कृत गर्न रिर्सोट प्रतिबद्ध छ ।’