२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

निजी स्वास्थ्य संस्थालाई पनि बीमामा जोड्न पूर्वमन्त्री पुनको आग्रह

सोमवार , कार्तिक २६, २०८१

बुटवल, २६ कार्तिक । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति तथा पूर्वमन्त्री अमरसिंह पुनले स्वास्थ्य बीमामा निजी क्षेत्रलाई पनि समेट्नुपर्ने बताएका छन् । उनले सरकारले स्वास्थ्य बीमालाई ब्यापक बनाउनुका साथै निजी क्षेत्रका अस्पतालहरुलाई पनि समेट्न आवश्यक भएको धारणा राखे । 

सोमबार रुपन्देहीको बुटवलस्थित बुटवल हस्पिटल प्रा.लि.को स्थलगत अवलोकन गर्दै पूर्वमन्त्री पुनले बीामका नाममा सरकारी अस्पतालहरुबाट सेवा लिन बिरामीलाई निकै कष्ट भएको गुनासो आएको बताए । उनले निजी क्षेत्रले बनाएका सुविधासम्पन्न अस्पतालबाट स्वास्थ्य बीमाको सेवा लिने सक्ने वातावरण बनाउन तीनै तहका सरकारलाई सुझाव दिए । उनले बुटवलमा बिरामी आएपछि भारतीय शहरदेखि राजधानी काठमाडौं जान नपर्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताए ।  

सो अवसरमा अस्पतालको बारेमा जानकारी दिदै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चुन्न प्रसाद पौडेलले स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरुको अन्त्य गर्दै जनताले सरल सहज ढंगले उपचार पाउनुपर्ने धारणा राखे । उनले राज्यले स्वास्थ्य संस्थाहरुको अनुगमन समेत समयसमयमा गर्नुपर्ने बताए ।

सो अवसरमा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष ललित खरेल, सचिव मोहन पाण्डे, अस्पतालका निर्देशक डा. कृष्ण खनाल, जनरल म्यानेजर देवेश कर्ण लगायतको सहभागीता रहेको थियो ।