२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन लुम्बिनीका मुख्यमन्त्री आचार्य चीनमा

मंगलवार , कार्तिक २७, २०८१

दाङ, २७ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन चीन पुगेका छन् । चीनको सिचुआन प्रान्तमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन सोमबार मुख्यमन्त्री आचार्य त्यसतर्फ प्रस्थान गरेका थिए । 

सिुआयनको छेन्दुमा रहेको तियान्फु अन्तराष्ट्रिय विमानस्थलमा मुख्यमन्त्री आचार्यसहित भ्रमण दलमा सहभागीहरुलाई स्वागत गरिएको छ । सिचुआन सरकारको विदेश विभागको एशिया हेर्ने थु छाङ्ग र नेपालको महावाणिज्य दुतावासका निमित्त प्रमुख कोमल बरालले अति विशिस्ट कक्षमा मुख्यमन्त्री आचार्यलाई स्वागत गर्नुभएको भ्रमण दलमा सहभागी मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए ।

सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न तीन दिने सम्मेलनको आयोजना गरिएको छ । मुख्यमन्त्री आचार्यले आज सम्मेलनमा भाग लिने कार्यतालिका छ । मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ लगायत ७ सदस्यीय प्रतिनिधि मण्डल भ्रमणमा सहभागी रहेको छ । 

WhatsApp Image 2024-11-12 at 6.41.37 AM.jpeg

यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने मुख्यमन्त्री आचार्यले विश्वास लिएका छन् । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षीय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटवार्ता हुने जनाइएको छ । 

वि.सं. २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्तबीच भगेनी सम्बन्ध कायम गरिएको थियो । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले सिचुआन प्रान्त विच भगेनी सम्वन्ध कायम गरेका थिए । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।