२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सियारी अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी नव दुर्गालाई

मंगलवार , कार्तिक २७, २०८१

भैरहवा, २७ कार्तिक । रुपन्देहीको सियारी गाउँपालिकाको आयोजनामा सम्पन्न अध्यक्ष कप दोस्रो रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधि नव दुर्गा युवा क्लबले हात पारेको छ । सोमबार सम्पन्न प्रतियोगितामा हाटी अमवा युथ क्लव उपविजेता बनेको छ । 

प्रतियोगिताका विजेता तथा उपविजेता दुवै टीम बडा नम्बर १ का हुन् । फाईनल खेलमा नव दुर्गा युवा क्लबले ४ गोल हानेको थियो भने हाटी अमवा युथ क्लबले १ गोल मात्र हानेको थियो । प्रतियोगितामा सियारी गाउँपालिकाभित्रका ८ वटा टीमको सहभागीता रहेको थियो । 

प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि हाटी अमवाका सन्दिप पासीले हात पारेका छन् भने वेष्ट डिफेन्डर छविलाल केवटले हात पारेका छन् । त्यस्तै राईजिङ प्लेयर अवार्ड रेशव पुन, वेष्ट मिड फिल्डर अजय पासी र वेष्ट गोल किपरको उपाधि कुशल रानाले हात पारेका छन् । 

प्रतियोगिताको विजयी नव दुर्गा युवा क्लवले १ लाख १ हजार रुपैयाँ नगद, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हाटी अमवा युथ क्लबले ५१ हजार रुपैयाँ प्राप्त गरेको छ । 

WhatsApp Image 2024-11-11 at 6.09.19 PM.jpeg

प्रतियोगिताका विजयी तथा उपविजयी टीमलाई जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थाुरु र प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थी, खेलकुद विकास समिति संयोजक गोपाल ज्ञवालीले पुरस्कार हस्तान्तरण गरेका थिए । 

सो अवसरमा समन्वय प्रमुख चपाई, गाउँपालिका अध्यक्ष घिमिरे, वडा नम्बर ७ का वडा अध्यक्ष एवं प्रवक्ता दीपक बहादुर शाही लगायतले बोल्दै खेलाडीको विकासका लागि पालिकाले आवश्यक सहयोग गर्ने बताए । उनीहरुले सियारीमा फुटबल खेलको विकासका लागि पूर्वाधार विकास र खेल सामग्रीको प्रबन्ध मिलाउने बताए ।