
मंगलवार , फाल्गुण २५, २०७७
बुटवल, २५ फागुन ।
रुपन्देहीमा ३ हप्ते बास्केटबल क्याम्प सम्पन्न भएको छ । रुपन्देही बास्केटबल संघको आयोजना नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा ३ हप्ते क्याम्प सम्पन्न भएको हो । युवा खेलाडीहरुलाई प्राविधिक ज्ञानसंगै क्षमतावान खेलाडी पहिचान गराउने गरी २१ दिने कोच क्लिनिक, रेफ्रि क्लिनिक र प्रदेश भरिका ५० जना युवाहरुलाई बास्केटबल तालिम दिइएको हो ।
खेलाडीहरुले २१ दिनसम्म बास्केटबलका सामान्य नियमदेखि खेलका प्राविधिक पक्षहरुमा तालिम दिइएको अध्यक्ष मनिष कुमार हेजुले बताए । रुपन्देहीको देवीनगरस्थित भुपुसैनिक बास्केटबल कोर्ट, सिद्धेश्वरी बास्केटबल कोर्ट र पृतना हेटक्वाटरमा कार्यक्रम भएको थियो ।
राष्ट्रिय खेलकुद परिषद अन्र्तगत नेपाल बास्केटबल संघका प्रमुख कोच दिनेश चन्द्र नकर्मी, नेपाल महिला टिमका हेड कोच विकास शाही, सहायक कोच निरञ्जन सत्यालबाट तालिम सहजीकरण गरिएको थियो । नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष होम डोङ्गले खेलको विकासका लागि नियमित प्रशिक्षणसंगै प्रतियोगिता जरुरी हुने बताए । ‘विशेष गरी दक्ष प्राविधिक जनशक्तिहरुको अभाव छ, उनले भने ।’
यो काठमाण्डौमा विद्यालयस्तरमा नै सीमित भइरहेको उनले बताए । तराई क्षेत्रमा लैजान सके र खेलाडीहरु तयार गर्न सके अन्तर्राष्ट्रियस्तरमा सम्भावना बोकेको खेल भएको उनले बताए । जनशक्ति उत्पादन र खेलाडी जन्माउने गरी तालिम र विकासमा सरकारको लगानी जरुरी रहेको छ । देशका २७ जिल्लाहरुमा बास्केटबलको शाखा रहेको बताए । साग गेमपछि केन्द्र सुस्ताएको छ । चीनमा हुने बीच एशियन गेमका लागि मेन्स र वुमन्सको ३ बाई ३ गेमको ट्रेनिङ सुरु गरेको उनले बताए । नेपालमा काठमाण्डौ केन्द्रमा ४ जना र पुर्वमा एक जना गरी जम्मा ५ जना प्रशिक्षक रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij