२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राजनैतिक स्थायीत्वका लागि ठूला दलबीच सहकार्य : शंकर पोखरेल

मंगलवार , कार्तिक २७, २०८१

विराटनगर, २७ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनैतिक स्थायीत्वका लागि ठूला दलबीच सहकार्य भएको बताएका छन् । मंगलबार विराटनगरमा सञ्चारकर्र्मीहरुसँग कुरा गर्दै महासचिव पोखरेलले जनताको म्याण्डेटविपरीत साना दलहरुले शासन गर्ने गरेकाले ठूला दलबीच राजनैतिक स्थायीत्वका लागि सहकार्य भएको बताएका हुन् ।

महासचिव पोखरेलले म्याजिक नम्बर भन्दै साना दलले शासन गर्ने प्रवृति रोक्न निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए । उनले संविधान संशोधन र आर्थिक सुधारलाई मुख्य एजेण्डा बनाएर एमाले र कांग्रेसले सरकार बनाएको जिकिर गरे ।

महासचिव पोखरेलले २०८४ को निर्वाचन अघि संविधान संशोधनको काम सम्पन्न गरिने बताए । संविधान संसोधनका लागि अन्य दलहरुसँग चाडै नै छलफल गरिने उनको भनाइ छ ।