२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

स्थापना दिवसमा नेपाल अपांग आश्रममा ग्रेस बुटवलको सहयोग

बुधवार , कार्तिक २८, २०८१

  • 865
    Shares
  • 865
    Shares
  • बुटवल, २८ कार्तिक । ग्रेस ईन्टरनेसनल एजुकेसन माइग्रेसनको १८ औ वार्षिकोत्सवको अवसरमा न्यानो कपडा एवं खाद्यान्न सामग्री वितरण गरेको छ । बुटवलको देवीनगरमा रहेको नेपाल अपांग आश्रममा न्यानो कपडा एवं खाद्यान्न सामाग्री वितरण गरिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गर्दै ग्रेस बुटवलका निर्देशक ईश्वर भट्टराईको नेतृत्वको टोलीले आश्रममा पुगेर जाडोको लागि न्यानो कपडा तथा खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । 

    कार्यक्रममा बोल्दै निर्देशक भट्टराईले ग्रेसले आफ्नो वार्षिकोत्सवको अवसरमा एउटा सामाजिक उत्तरदायीत्वको कामको साथमा मनाउने योजना अनुसार यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले ८० हजार बराबरको सामग्री हस्तान्तरण गरिएको जानकारी गराउँदै १५ सेट बिस्तारा, केही बोरा चामल, तेल, चाउचाउ लगायतका सामग्रीहरू वितरण गरिएको बताए। 

    आश्रमका अध्यक्ष डोल बहादुर रामदामले अनाथसँगै अपांग आश्रम भए पनि सरकारी क्षेत्रबाट कुनै सहयोग नपाएको बताउँदै विभिन्न सामाजिक संघ–संस्थाको सहयोगबाट आश्रम चलिरहेको बताए । उनले हाल आश्रममा ३८ जना आश्रित रहेको जानकारी दिए ।

    2178d26b-14fe-492d-8787-5cfb2f07755b.jpeg

    कार्यक्रममा काउन्सिलर प्रविना खनाल, क्यानडा संयोजक प्रशान्त न्यौपाने, अप्रेसन हेड सबिता सापकोटा, काउन्सिलर रञ्जन पराजुली, काउन्सीलर बाबुराम पराजुली, राना ट्राभलका सञ्चालक जीवन राना लगायतले बोलेका थिए ।