
मंगलवार , फाल्गुण २५, २०७७
बुटवल, २५ फागुन ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल फागुन २८, २९ र चैत १ गते हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरी आवश्यक तयारी पूरा भएको दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले बताए । पत्रकारितालाई पेशा, व्यवसाय मान्न तयार नभएको दलित समुदायहरु पछिल्लो एक दशकमा निकै आकर्षक पेशा बन्न सकेको उनले दावी गरे । महाधिवेशनमा देशभरबाट ४ सय बढी पत्रकारहरु सहभागिता हुने उनले बताए । कार्यक्रमको नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।
त्यसै गरी विभिन्न राजनीतिक दलहरुका नेताहरु उद्घाटन सत्रमा उपस्थित हुने उनले बताए । महाधिवेशनमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने ४ वटा पुरस्कार वितरण गरिने उनले बताए । टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियार (डिबि परियार) स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार वितरण गरिने उनले बताए । त्यसै गरी दलित समदायका संचारकर्मीहरुका लागि लेखनवृत्ति समेत प्रदान गरिने उनले बताए ।
यसै गरी महाधिवेशनका अवसरमा आमसंचार र समावेशिताको सवाल, मिडियामा महिला, दलित महिला ?, दलित आन्दोलन युवा र आम संचार विषयमा छुट्टाछुट्टै कार्यशाला गोष्ठी हुने उनले बताए । जातीय समानताका लागि समापन कार्यक्रम अन्र्तगत हिलपार्कमा समता भोज आयोजना गरिने उनले बताए । दलित समुदायका युवाहरुको सामाजिकसंगै आर्थिक समृद्धिलाई जोड्ने अभियानका रुपमा रहेको उनले बताए । सबै राजनीतिक आस्थाका दलित समुदायका पत्रकारहरुको साझा संस्था भएको उनले बताए ।
कार्यक्रमका अध्यक्ष विनोद परियार, केन्द्रिय उपाध्यक्ष गोपाल बराइली, महाधिवेशन संयोजक रिता बुढाथोकी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य विक्रम खड्का, रुपन्देहीजिल्ला उपाध्यक्ष दिनेश पाण्डेले कार्यक्रमको सफलताको शुभकामना दिए । संघ अन्तरगत देशभर ६५ जिल्ला शाखा, सात प्रदेश र काठमाडौं उपत्यका समितिहरु क्रियाशिल छन् । संघमा देशभरका झण्डै १५ सय दलित समुदायका पत्रकारहरु आवद्ध छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij