२०८३, बैशाख २८ गते

May 11 2026 | २०८३, बैशाख २८ गते

बुटवलको नेकपा कार्यालयमा एमालेको बोर्ड

मंगलवार , फाल्गुण २५, २०७७

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • बुटवल। सर्बोच्च अदालतको फैसला पछि नेकपाका पार्टि कार्यालयहरुमा बिभाजनको असर देखा पर्न थालेको छ।

    यस अघि एमाले पार्टी कार्यालय रहेका पार्टी कार्यालय भवनमा नेकपा एमालेको बोर्ड राख्न थालिएको छ।

    सोहि अनुरुप नेकपा एमालले बुटवलको सुख्खानगरमा रहेको नेकपाको प्रदेश कार्यालयमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड झुण्डाएका छन्।

    पार्टि एकिकरण पछि नेपाल कम्युनिष्ट पार्टि नेकपाको कार्यालयमा रुपान्तरण भएको पुष्पलाल स्मृती भवनमा एमाले कार्यकर्ताहरुले नेकपा एमाले लेखेको बोर्ड टांगेका हुन्।

    यस अघि नेकपा एमालेको स्वामित्वमा रहेको यो भवन तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमालेले लुम्बिनी अन्चल पार्टी कार्यालयको रुपमा प्रयोग गरेको थियो भने पछि प्रदेश कार्याल बनाईएको थियो।