२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रवि लामिछानेसंगको बयान आजै सक्ने तयारी

बिहिवार , कार्तिक २९, २०८१

भैरहवा, २९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसंगको बयान आजै सक्ने तयारी गरिएको छ । 

भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बिहान साढे १० बजेबाट शुरु भएको बयान आजै सक्ने गरी प्रश्नोत्तर गरिएको सरकारी वकिलको कार्यालयले जनाएो छ । 
लामिछानेलाई प्रहरीले बिहान १० बजेर २६ मिनेट जाँदा सरकारी वकिलको कार्यालय पुर्याएको थियो ।

प्रहरीको कडा सुरक्षाबीच लामिछानेलाई सरकारी वकिल कर्यालय लगिएको थियो । लामिछानेको मंगलबारदेखि बयान सुरु भएको हो । आज तेस्रो दिन रविको बयान चलिरहेको जिल्ला सरकारी वकिलको कार्यलयले जनाएको छ । मंगलबार र बुधबार बयान नसकिएपछि लामिछानेलाई दुई दिनसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । 

बुटवलमा रहेको सुप्रिम सहकारी संस्थामा बचतकर्ताको रकम ठगी प्रकरण लागि कास्कीबाट लामिछानेलाई रुपन्देही ल्याइएको थियो । बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा गएको संसदीय विशेष छानबीन समितिको प्रतिवेदनमा उल्लेख छ । सोही आधारमा अनुसन्धान लागि बयान लिइरहेको हो ।