२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

रुपन्देहीमा रवि लामिछानेसँग २३ घण्टा बयान लिइयो, सोधियो ७४ वटा प्रश्न

बिहिवार , कार्तिक २९, २०८१

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, २९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग जिल्ला सरकारी वकिल रुपन्देहीमा झण्डै साढे २३ घण्टा बयान लिइएको छ। कार्तिक २७ देखि २९ गतेसम्म (तीन दिन) लामिछानेसँग ७४ वटा प्रश्न सोधिएको र सबै प्रश्नको सहज रुपमै लामिछानेले जवाफ दिएको जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए । थप बयान लिने अवस्था रहे पछि लिइने तर, अहिले भने बयान सकिएको पौडेलले जानकारी दिए । उनले अहिलेलाई बयान सकिए पनि पछि अन्य आरोपीको बयान र तथ्यप्रमाण फेला परे पुनः बयान हुन सक्ने जनाए ।

    बुटवलमा रहेको सुप्रिम सहकारी संस्थामा बचतकर्ताको रकम ठगी प्रकरण लागि कास्कीबाट लामिछानेलाई रुपन्देही ल्याइएको थियो । बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा गएको संसदीय विशेष छानबीन समितिको प्रतिवेदनमा उल्लेख छ । सोही आधारमा अनुसन्धान लागि बयान लिइएको हो ।