२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोहिणीमा कार्तिक ३० गते स्थानीय विदा

बिहिवार , कार्तिक २९, २०८१

भैरहवा, २९ कार्तिक । रुपन्देहीको रोहिणी गाउँपालिकाले कार्तिक ३० गते शुक्रबार (भोली) स्थानीय विदा दिएको छ । गाउँपालिकाको बिहीबार बसेको बैठकले विदा दिएको अध्यक्ष विद्या प्रसाद यादवले बताए । 

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने सतियामाई मेलाको अवसरमा मेला समाप्त हुने कार्तिक शुक्ल पूर्णिमाको दिन शुक्रबार विदा दिइएको अध्यक्ष यादवले जानकारी दिए । उनका अनुसार स्थानीय विदाको दिन आकस्मिक सेवा र बर्थिङ सेन्टरबाहेक रोहिणी गाउँपालिका अन्तर्गतका कार्यालय लगायत विद्यालयहरुमा स्थानीय पर्व विदा दिइएको छ । 

‘यस धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको सतिया माई मन्दिर मेला तथा पर्वको अवसरमा सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु, ’अध्यक्ष यादवद्वारा जारी सूचनामा उल्लेख छ ।

कार्तिक शुक्ल पूर्णिमाको अवसरमा रोहिणीसँगै रुपन्देहीका विभिन्न स्थानीय तहहरुले पनि भोली स्थानीय विदा दिएका छन् ।

रुपन्देहीको ओमसतिया गाउँपालिकाको वडा नम्बर ५ गौरीस्थित सतियामाई मन्दिरमा धार्मिक मेला लाग्ने गर्छ । यो मेलामा नेपाल र भारतबाट श्रद्धालु भक्तजनहरू आउने गरेका छन् ।