
शुक्रवार , कार्तिक ३०, २०८१
बुटवल, ३० कार्तिक । रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाई ९ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ । शुक्रबार प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा छात्रवृत्ति वितरण कार्यक्रम आयोजना गरी १ सय १ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण तथा सम्मान गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, विद्यालयका प्रधानाध्यापक दिनेश थापा र कक्षा ११–१२ परीक्षा संयोजक युवराज कंडेलले छात्रवृत्ति तथा पुरस्कार वितरण गरेका हुन् । प्रथम त्रैमासिक परीक्षामा ३.६ जीपीए भन्दा माथि ल्याउने १०१ जनालाई छात्रवृत्ति वितरण तथा सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले रकमको अभावमा कोही पनि विद्यार्थी अध्ययनबाट बञ्चित हन नपरोस् भन्ने हेतुले छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए । उनले खेलकुदमा समेत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई समेत निःशुल्क छात्रवृत्ति प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको जानकारी दिए । उनले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विद्यालयले जहिले पनि प्रोत्साहन गर्ने जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवालीले विद्यार्थी, शिक्षक र अभिभावकको अथक प्रयासबाट नतिजा ल्याउन सफल भएकोमा धन्यवाद दिए । उनले सबै विद्यार्थीलाई बधाई तथा शुभकामना दिदै आगामी दिनमा अझै उच्च नतिजा ल्याउनको लागि सुझाव समेत दिए ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान माविमा हाल ८ हजार भन्दा बढी विद्यार्थीहरु छन् । जसमा सेक्टर १ कालिकानगर र सेक्टर २ रामानगर गरी दुईवटा सेक्टरमा अध्यापन हुँदै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij