२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रवि लामिछानेलाई भैरहवाबाट कास्की लगियो

शुक्रवार , कार्तिक ३०, २०८१

भैरहवा, ३० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई भैरहवादेखि कास्की (पोखरा) लगिएको छ ।बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि रूपन्देही ल्याइएका लामिछानेको बयान सकिएपछि शुक्रबार (आज) कास्की लगिएको हो ।

बिहान पौने ८ बजे नै कास्की लगिने तयारी भए पनि मौसम खराबीका कारण विमानस्थल खुल्न नसक्दा दिउँसो पौने २ बजे मात्र कास्की उडेको रूपन्देही प्रहरीले जनाएको छ ।

गत मंगलबार कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबारदेखि नै नियमित बयान लिइरहेको थियो । बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा गएको संसदीय विशेष छानबीन समितिको प्रतिवेदनमा उल्लेख छ ।