२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

लुम्बिनीका सबै धार्मिक सम्पदाहरुलाई पर्यटन सर्किटमा जोड्छौं : मुख्यमन्त्री आचार्य

शनिवार , मंसिर १, २०८१

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • बुटवल, १ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशको लक्ष्य पूरा गर्न धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा विशेष ध्यान दिएको बताएका छन् ।

    रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मा रहेको मुक्तिनाथ धाममा पुगेका मुख्यमन्त्री आचार्यले ऐतिहासिक महत्व बोकेका धाम तथा मठ मन्दिरको संरक्षण, सम्बर्द्धन र विकासका लागि प्रदेश सरकारले योजना निर्माण गरेर अघि बढ्ने बताएका हुन् । ‘प्रदेशलाई आर्थिक रुपमा बलियो बनाउने आधार पर्यटन क्षेत्र हो । हामी कहाँ भएका सम्पदाहरुलाइ पर्यटनसँग जोडेर अघि बढेका छौं’उनले भने–‘लुम्बिनीका १२ जिल्लामा रहेका सम्पदाहरुलाई पर्यटन सर्किट मार्फत जोड्छौं ।’ 

    लुम्बिनी प्रदेश भ्रमणमा आउने भारतीय पर्यटकहरुलाई लक्षित गरेर सीमा नाकामा एकीकृत जाँच मार्फत सहज आवागमनका लागि प्रदेश सरकारले प्रक्रिया अघि बढाएको, ठाउँठाउँमा हुने पटके जाँचलाई घटाउने र पर्यटनमैत्री बनाउने योजना सरकारले अघि बढाएको मुख्यमन्त्री आचार्यले जानकारी दिए ।

    प्रदेश सरकारले यस वर्ष ‘घुमौं बर्दिया’ को अभियान समेत थाल्ने योजनामा छ । मुख्यमन्त्री आचार्यले धाममा पूजा अर्चना समेत गरेका छन् ।