२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राजेश हमालद्वारा लुम्बिनी भ्रमण, कोषले गर्‍यो स्वागत

शनिवार , मंसिर १, २०८१

लुम्बिनी, १ मंसिर ।  लुम्बिनी विकास कोषले महानायक राजेश हमाल, प्रसिद्व गायिका आनी छोइङ डोल्मा तथा  लुम्बिनी लायन्सको टोलीलाई स्वागत गरेको छ । शनिबार  लुम्बिनी लायन्सका अफिसियल जर्सी सार्वजनिकका लागि बुद्व जन्मस्थल आएको टोलीलाई कोषका कोषाध्यक्ष सिद्विचरण भट्टराईले स्वागत गरेका हुन् ।

लुम्बिनी लायन्सका ब्राण्ड एम्बासडर महानायक हमाल, गायिका डोल्मा, क्लबका मालिक ईश्वर जिसी, लुम्बिनी लायन्सको मार्की खेलाडी नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलसहित खेलाडीहरूलाई खादा लगाएर स्वागत गरिएको हो । 

टोलीलाई कोषाध्यक्षसँगै कोषका बोर्ड सदस्यहरू रामनरेश कहार, श्याम रोक्का, विश्वराज पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई लगमयतले स्वागत गरेका हुन् । 

टोलीलाई शान्ति दीपमा स्वागत पश्चात् मायादेवी मन्दिर, पुष्करणी पोखरी र अशोक स्तम्भको भ्रमण गराइएको  थियो । सूचना जनसम्पर्क प्रमुख डा. राईले बुद्व जन्मस्थल लुम्बिनीको पुरातात्विक, धार्मिक र ऐतिहासिक पक्षबारे जानकारी गराएका थिए । यसैबीच लुम्बिनी लायन्सको जर्सी सार्वजनिक गरिएको थियो ।