२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुर्‍याउन पोख्रेलको योगदान अतुलनीय : मुख्यमन्त्री आचार्य

आइतवार , मंसिर २, २०८१

दाङ, २ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवी प्रसाद पोख्रेलको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । पोख्रेल परिवारको निवास दाङको घोराही उपमहानगरपालिका–१५ मा पुगेर आइतबार मुख्यमन्त्री आचार्यले दिवंगत पोख्रेलप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । 

सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन पोख्रेलले खेलेको भूमिका र पुर्‍याउनु भएको योगदानलाई पार्टी पंक्तिले सधैं सम्झिरहने मुख्यमन्त्री आचार्यले श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गरेका छन् । ‘दाङ जिल्लाको मात्र नभएर सिंगो देशको कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन उहाँले खेलेको भूमिका सधैं स्मरणीय रहनेछ’उनले भने–‘समाज रुपान्तरण र परिवर्तनका लागि महत्वपूर्ण भूमिका रहेको छ ।’

एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलका दाजु देवी प्रसाद पोख्रेलको कार्तिक २३ गते ७४ बर्षको उमेरमा निधन भएको थियो ।