२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टीको रुपमा प्रकट हुने महामन्त्री शर्माको दावी

आइतवार , मंसिर २, २०८१

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टीको रुपमा प्रकट हुने दावी गरेका छन् ।

आइतबार किर्तिपुर नगरको प्रमुख पदका आफ्ना पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले देशभरको तथ्य हेर्दा उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टीको रुपमा प्रकट हुने देखिएको बताएका हुन् ।

मतदाताले दिएको मतलाई कांग्रेसले सदैव सम्मान गर्ने भन्दै उनले अधिकांश स्थानमा कांग्रसकै जीत हुने जिकिर गरे । उनले अहिलेको लोकतान्त्रीक प्रणालीलाई बलियो बनाउन र स्थानीय तहलाई जनमुखी बनाउन पनि कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले प्रधानमन्त्रीलाई जिम्मेवारीपूर्वक काम गर्न सकारात्मक दवाव दिन पनि मतदाताले कांग्रेस उम्मेदवारलाई जिताउने उल्लेख गरे ।