२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेवा खल: सिद्धार्थनगरको आयोजनामा रक्तदान

आइतवार , मंसिर २, २०८१

भैरहवा, २ मंसिर । नेवा खलः सिद्धार्थनगरको आयोजनामा शनिबार भैरहवामा रक्तदान कार्यक्रम भएको छ । ‘रक्तदान : एउटा सानो कदम, तर एक ठूलो फरक’ भन्ने नाराका साथ सिद्धार्थनगर–६ स्थित पिपरहियामा भएको रक्तदानमा ४७ यूनिट रगत संकलन भएको सचिव विश्व प्रकाश श्रेष्ठले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै होटल संघ नेपालका केन्द्रीय सदस्य तथा नेवाः खल सिद्धार्थनगरका निवर्तमान अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले एक जनाको रगतले अर्को व्यक्तिको ज्यान बच्ने भएकाले रक्तदान कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

त्यस्तै विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति दीपक क्षेत्री न्यौपाने, भैरहवा मर्निङ्ग्वाक ग्रुपका अध्यक्ष एवं  नेवा खलःसिद्धार्थनगरका पूर्वअध्यक्ष तथा सल्लाहकार विजय गोविन्द श्रेष्ठले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।

नेवा खलःसिद्धार्थनगरका अध्यक्ष ई.चन्द्रभक्त श्रेष्ठको अध्यक्षता, विवेक रघुवंशीको संयोजकत्वमा तथा रिमा शाक्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा ल्याम पुचः नेवा खलः सिद्धार्थनगर, लायन्स क्लब अफ सिद्धार्थनगर युथ, लियो क्लब अफ सिद्धार्थगर युथ, लायन्स क्लब अफ बुटवल हटर्स, अन्नपूर्ण हेरिटेज रेष्टुरेण्ट एण्ड बैंक्वेट प्रा.लि., जयसवाल सेवा समिति र स्मार्ट डिजिटल प्रिन्टसको सहयोग रहेको सन्दिप नाथ गोंगलले बताए ।