२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

तेक्वान्दो खेलाडीलाई सम्मान तथा खेलकुद सामग्री प्रदान

सोमवार , मंसिर ३, २०८१

भैरहवा, ३ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १० नम्बर वडा कार्यालयले तेक्वान्दो खेलाडीलाई सम्मान तथा खेलकुद सामग्री वितरण गरेको छ । वडा कार्यालयले वडा नम्बर १० निवासी मोहम्मद हुसैन मुसलमानलाई सम्मान गरेको हो । 

हुसैन हालै नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशद्वारा आयोजित दोस्रो लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा ५४ केजीतर्फ स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए ।

भैरहवा तेक्वान्दो क्लबमा प्रशिक्षण लिइरहेका हुसैन विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत भाग लिइसकेका छन् । वडा कार्यालयले उनलाई २५ हजार रुपैयाँ बराबरको तेक्वान्दो खेल सामग्री प्रदान गरेको हो ।

सो अवसरमा बोल्दै वडाअध्यक्ष सुर्जमन यादवले खेलकुदको विकास आवश्यक रहेको बताए । उनले खेलाडीको मनोबल बढाउन र प्रोत्साहन गर्न आगामी दिनमा पनि खेलाडीलाई सम्मान गरिने बताए ।