
सोमवार , मंसिर ३, २०८१
दाङ, ३ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारमा गहिरो समवेदना प्रकट गरेका हुन् ।
वि.सं. २०४६ मा प्रजातन्त्र पुनः स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधि सभाका सभामुख दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी भएको, नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उनले पुर्याउनुभएको योगदानको मुख्यमन्त्री आचार्यले स्मरण गरेका छन् ।
पूर्वसभामुख ढुंगानाको उपचारको क्रममा मंसिर २ गते आइतबार निधन भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij