२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

राप्रपा लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदीप र उपाध्यक्षमा कैलाश

बुधवार , फाल्गुण २६, २०७७

भैरहवा, २६ फागुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ । पार्टीले   विधान अनुसार पाँच वटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेका हुन् ।

लुम्बिनी प्रदेशको अध्यक्षमा राप्रपाका केन्द्रीय सम्पादन समिति सदस्य प्रदीप कुमार उदय र उपाध्यक्षमा केन्द्रीय कार्यसम्पादन समिति सदस्य कैलाश गुरुङ मनोयन भएका छन् । उदय र गुरुङ रुपन्देही निवासी हुन् ।

त्यस्तै प्रदेश १ को अध्यक्षमा झापाका रामकुमार थापा र उपाध्यक्षमा पाँचथरका सगुनसुन्दर लावती, प्रदेश २ को अध्यक्षमा सर्लाहीका रामचन्द्र राय र उपाध्यक्षमा सिराहाका महेशलाल महासेठ मनोनयन भएका छन् ।

यस्तै गण्डकी प्रदेश अध्यक्षमा लमजुङका हेमजंग गुरुङ र उपाध्यक्षमा गोरखाका महेश्वर रोक्का, कर्णालीको अध्यक्षमा कालीकोटका दीपबहादुर शाही र उपाध्यक्षमा सुर्खेतका जनकसिंह ठकुरी मनोनयन भएका छन् ।