
मंगलवार , मंसिर ४, २०८१
काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का नेता महेश बस्नेतले वर्तमान सरकार मुलुकको विकास र समृद्धिका लागि काम गरिरहेको र त्यसअनुसार नजिता देखिएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बस्नेतले मुलुकको समृद्धिका लागि सरकारले काम गरिरहेको र सकारात्मक संकेत देखिएको बताएका छन् । उहाले पुराना दलहरु काम नलाग्ने भए भनेर आरोप लगाउँदै उदय भएका पपुलिस्ट शक्तिहरु अहिले काम नलाग्ने प्रमाणित भइसकेको बताए ।
त्यस्तै उनले सबै सहकारी ठगहरुलाई अनुसन्धानको दायरामा ल्याउन र संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा सरकार प्रतिवद्ध रहेको जिकिर गरे । पूर्वमन्त्री समेत रहेका बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अपराधिक ब्याकग्राउन्ड भएका अराजकतावादको संज्ञा दिए । प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको एक्जियटा कम्पनीमा ३२ अर्ब लगानी रहेको भ्रम फैलाएर आगामी मंसिर ७ गतेको कार्यक्रमलाई हिंश्रक बनाउन खोजेको बताए ।
उनले कुलमान घिसिङ पनि पपुलिष्ट हुन खोजेको भन्दै राजनीतिक दल खोलेर आउन सुझाव दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij