२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मुख्यमन्त्री आचार्य भन्छन्–केही भएको छैन भन्ने भास्यलाई तोड्न जरुरी छ

बुधवार , मंसिर ५, २०८१

बाँके, ५ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पिछडिएको ठाउँ र भूगोललाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना तर्जुमा गर्ने बताएका छन् । नेकपा (एमाले) ले बाँकेको नरैनापुरमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पिछडिएको ठाउँ र भूगोललाई पहिलो प्राथमिकतामा राखेर योजना तर्जुमा गर्ने स्पष्ट पारे ।

‘प्रदेश समग्र विकास नरैनापुरको विकाससँग जोडिएको छ । यहाँका नागरिकको जीवनस्तर उठेपछि प्रदेशको विकास भएको मानिने छ’मुख्यमन्त्री आचार्यले भने,‘त्यही भएर नरैनापुरको शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सिंचाई सबै प्रकारको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ ।’ 

सिमान्तकृत समुदायको जीवनस्तर उठाउने गरी कार्यक्रम निर्माण गरेको उनले बताए । नरैनापुर लगायतका क्षेत्रको अवलोकन गर्ने क्रममा प्राप्त भएका मागहरुलाई आगामी बर्षको बजेटमार्फत सम्बोधन गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । ‘यहाँहरुको समस्यालाई प्रदेश सरकारले नजिकबाट हेरेको छ । बुझेको छ । हामी आउने वर्षको बजेटमार्फत सम्बोधन गर्छौं’उनले भने,‘चालु आर्थिक वर्षको बजेट बनिसकेको छ । बजेट रकमान्तरण गर्न मिल्दैन । पुरक बजेट ल्याउन मिल्दैन । आउदो वर्षको बजेटमा सरकारले उच्च प्राथमिकतामा राख्नेछ।’ 

नरैनापुरको समग्र विकासमा तीन तहका सरकारले एकीकृत योजना निर्माण गरेर कार्यान्वयनमा लग्न सकिने भएकाले त्यसका लागि समन्वय गरिने मुख्यमन्त्री आचार्यको भनाइ छ । संघीय सरकारले जनताको तटबन्ध कार्यक्रममार्फत राप्ती नदी तटबन्ध गर्दै आइरहेको छ । तर, तटबन्धको कामले गति लिएको छैन् । जनताको तटबन्ध कार्यालयका प्रमुखसँग छलफल गर्ने, त्यहाँबाट सम्बोधन हुन नसके प्रदेश सरकारले तटबन्धको योजना अघि बढाउने बताए । 

WhatsApp Image 2024-11-20 at 4.28.48 PM.jpeg

‘नरैनापुरमा विगत र वर्तमानमा भएको प्रगतिको तुलना गर्न जरुरी छ । २०७४ साल अघि र त्यसपछि भएका कामको तुलना गर्यौं भने सही मार्ग प्राप्त हुनेछ’उनले भने,‘केही भएको छैन भन्ने भास्यलाई तोड्न जरुरी छ । तीन तहका सरकारले काम गरिरहेका छन् ।’ सिंचाईको वर्तमान समस्या सिक्टा सिंचाई आयोजना कार्यान्वयनमा आएपछि समाधान हुने बताए । ‘यहाँको सिंचाइको समस्या सिंगो प्रदेशको समस्या हो भनेर बुझेका छौं । त्यस अर्थमा यहाँको सिंचाई समस्या समाधान भएपछि नागरिकको जीवनस्तर सुधार हुनेछ’उनले भने,‘संघीय सरकारले यस आयोजनालाई गति प्रदान गर्ने छ । केही दिनमा यहाँको अध्ययन पनि हुँदैछ ।’