
बिहिवार , मंसिर ६, २०८१
भैरहवा, ६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले वडावडामा पुगेर परामर्श बैठक गरिरहेको छ । नगर कमिटीको आसन्न प्रथम बैठकलाई मध्यनजर गर्दै परामर्श बैठक सञ्चालन गरिएको एमाले सिद्धार्थनगर सचिव उमेश थापा लाटोमगरले बताए ।
उनका अनुसार पार्टीको दोस्रो नगर अधिवेशनबाट निर्वाचित पदाधिकारी, सम्बन्धित वडाका वडा कमिटी भन्दा माथिल्लो कमिटीमा रहेका नेता, नगर कमिटीका सदस्य, वडा कमिटीका पदाधिकारी र सदस्यहरुबीच बैठक भएको हो । हालसम्म सिद्धार्थनगर नगरपालिका वडा नम्बर १, २, ३, ७ र १२ मा बैठक सम्पन्न भइसकेको उनले जानकारी दिए । बैठकमा वडामा देखिएका समस्याहरु, विकास निर्माण सम्बन्धी, पार्टीको गतिविधिलगायत विभिन्न विषयमा छलफल भएको लाटोमगरले जानकारी दिए ।
एमाले सिद्धार्थनगरको दोस्रो अधिवेशनले चक्र बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij