
शुक्रवार , मंसिर ७, २०८१
भैरहवा, ७ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देही आइपुगेका छन् । शुक्रबार रुपन्देही आइपुगेका शाहलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उनका समर्थक, शुभेच्छुक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, कार्यकर्ता, राजावादीहरु लगायतले स्वागत गरेका छन् ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गर्न लागिएको पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह यहाँ आएका हुन् । लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको पूर्वराजा शाहले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij