
शनिवार , श्रावण २४, २०७७
बुटवल, २४ साउन ।
सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ मणिग्राम र एक्सपर्ट फाउण्डेशनको संयुक्त आयोजनामा तिलोत्तमा नगरपालिकास्थित रामचन्द्र मैनादेवी अनाथ आश्रममा सहयोग गरेको छ ।
शनिबार एक कार्यक्रम आयोजना गरी लायन्स इन्टरनेशनल ३२५ बी २ नेपालका पूर्व गर्भनर एमजेएफ महेन्द्रनारायण श्रेष्ठ, लायन्स क्लब अफ मणिग्राम अध्यक्ष एमजेएफ सुरज कुमार लम्साल, एक्सपर्ट फाउण्डेशनका चेयरमेन रोशन कंडेलले अनाथ आश्रमका अध्यक्ष मैनादेवी भण्डारीलाई सम्पूर्ण सामाग्री हस्तान्रण गरेका हुन ।
लायन्स क्लब इन्टरनेशनल नेपालमा स्थापना भएको ५० औं स्वर्ण जयन्तीको अवसरमा आश्रममा २ सेट कम्प्युटर, ६ पिस कुर्ची, १ पिस डाइनिङ टेबुल, कापी र कलम प्रदान गरिएको लायन्स मणिग्रामका अध्यक्ष सुरज लम्सालले बताए ।
सामाग्री हस्तान्तरण कार्यक्रमा बोल्दै पीडीजी महेन्द्रनारायण श्रेष्ठले लायन्स मणिग्रामले गरेको कार्य सराहानीय रहेको बताए । हामी सेवा गर्छौं भन्ने मुल नारालाई आत्म साथ गर्दै लायन्स मणिग्रामले प्रत्येक हप्ता १ दिन समाज सेवा गर्ने नारा बोकेर हिंडेको एरिया चिफ एमजेएफ सन्दिप कसौधनले सराहनीय रहेको बताए ।
कार्यक्रममा डिष्ट्रिक स्टे«टेजी चिफ योगेश घिमिरे, पूर्व अध्यक्ष तथा तिलोत्तमा नगरपालिका वडा नम्बर ५ वडा सदस्य हरि पौडेल लगायतले बोलेका थिए ।
यस्तै अध्यक्ष लम्सालले विगतका दिनहरुमा यातायात व्यवस्था कार्यालयमा अटोमेटिक हातधुने पानी टंकी, रामचन्द्र मैनादेवी अनाथ आश्रममा खाद्यान्न सहयोग, तिलोत्तमा पार्कमा वृक्षारोपण, रक्तदान कार्यक्रम, अनाथलाई खाना खुवाउने, लुम्बिनी अपांग दृष्टिविहीन अनाथ आश्रमा चाइएको सम्पूर्ण सामाग्री हस्तान्तरण गरेको बताए ।
एक्सपर्ट फाउण्डेशनका चेयरमेन तथा कार्यक्रमका संयोजक रोशन कंडेलले रामचन्द्र मैनादेवी अनाथ आश्रममा रहेका अनाथ बालबालिकाहरु यो आइटीको युगमा कम्प्यूटर शिक्षाबाट वञ्चित नहुन भन्ने भन्ने उद्देश्य रहेको र एक्सपर्ट फाउण्डेशन २०७२ साल स्थापना भएदेखि सहयोग गर्दै आएको बताए । कार्यक्रम सञ्चालन सचिबवटोला प्रसाद पाठकले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij