२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा बुटवलमा रक्तदान

शुक्रवार , मंसिर ७, २०८१

  • 721
    Shares
  • 721
    Shares
  • बुटवल, ७ मंसिर । गरिमा विकास बैंक लिमिटेडले बुटवल शाखाले वृहत रक्तदान कार्यक्रम गरेको छ । बैंकको १८ औं वार्षिकोत्सवकोे अवसरमा बुटवल शाखाले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ८४ यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा बैंकका बुटवल शाखाका दैनिक कार्य सञ्चालन इकाइ महेन्द्र बस्यालले जानकारी दिए ।

    १८ औं वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौंसहित देशभर १८ वटा फरकफरक कार्यक्रमहरु समेत आयोजना गरिएको गरिमा विकास बैंक बुटवल शाखाका प्रमुख लेखनाथ भट्टराईले बताए ।

    ‘रक्तदान जीवनदान’ भन्ने कुराले नै त्यसको महत्व बोकेको उल्लेख गर्दै गरिमा विकास बैंकका क्षेत्रीय प्रमुख पुरुषोत्तम पाण्डेयले रगतको अभावको अन्त्य गर्दै जीवन बचाउन आज संकलन गरिएको रगतले सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

    बैंकले विगत केही वर्ष यता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमुलक कार्यक्रहरुसँगै अन्य विभिन्न कार्यक्रमहरु समेत आयोजना गरी वार्षिकोत्सव मनाउँदै आइरहेको पाण्डेयले जानकारी दिए ।

    काठमाडौंको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको यस बैंकको काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटिएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैंकको भैरहवा शाखा प्रमुख सुरज भट्टराईले बताए ।