२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

हजार बुद्ध मन्दिरमा पूजामा सहभागी भई फर्किए पूर्वराजा शाह

शनिवार , मंसिर ८, २०८१

भैरहवा, ८ मंसिर । बुद्ध जन्मस्थल लुम्बिनीस्थित नवनिर्मित पाल थुव्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर) को शुक्रबार उद्घाटन गरिएको छ । विहारको उदघाटन लगत्तैको पूजामा पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थिति थियो । पूर्वराजा शाहलाई बौद्ध गुरु छोकी निमा रिन्पोछेले स्वागत गर्दै पूजामा सरिक गराएका थिए । 

पूजामा सहभागी भएपछि शाह शुक्रबार नै काठमाडौं फर्किएका छन् । बिहान करिब ११ बजे चाटर्ड विमानबाट आएका शाहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरुले स्वागत गरेका थिए ।

WhatsApp Image 2024-11-22 at 11.46.25 AM.jpeg
तस्वीर : मोहम्मद अयुब/खबरपात्रो

पूजा सकेपछि शाह केही समय भैरहवास्थित होटल एसियन बुद्धमा बसेका थिए । ‘पूर्वराजा ज्ञानेन्द्र शाह होटलमा दिउँसो १ बजे होटलमा आउनुभएको थियो, उहाँ होटलबाट पौने ४ बजे विमानस्थल जानुभएको हो ’एसियन बुद्धका जनरल म्यानेजर ओमप्रकाश पाण्डेले भने ।