२०८२, मंसिर २९ गते

Dec 15 2025 | २०८२, मंसिर २९ गते

प्याब्सन सिद्धार्थनगरमा नयाँ नेतृत्व, अध्यक्षमा मल्लिक

शनिवार , मंसिर ८, २०८१

  • 991
    Shares
  • 991
    Shares
  • भैरहवा, ८ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सिद्धार्थनगर नगरपालिकाको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भैरहवामा भएको साधारण सभा तथा अधिवेशनले ३ वर्षे कार्यकालका लागि उदय कुमार मल्लिकको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । मल्लिक भैरहवास्थित सि.बि.पब्लिक हाई स्कूलका प्रिन्सिपल हुन् ।

    कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र घिमिरे (काशी नोबल एकेडेमी), सचिवमा सृजना पाठक (लुम्बिनी सृजना इङलिस स्कूल) र कोषाध्यक्षमा राजेश राज जोशी (मुनलाईट सेकेण्डरी बोर्डिङ्ग स्कूल) रहेका छन् ।

    त्यस्तै सदस्यमा युवराज पोख्रेल (नेपाल नालन्दा सेकेण्डरी स्कूल), लक्ष्मण ज्ञवाली (साई ग्लोबल सेकेण्डरी स्कूल), धर्मेन्द्र कुमार मिश्रा (मोन्टेसरी मेमोरियल सेकेण्डरी स्कूल) रहेको प्रमुख निर्वाचन अधिकृत तथा प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले बताए ।

    468162495_1116758310024623_8809974806595548492_n.jpg

    प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेलको अध्यक्षता, प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीको प्रमुख आतिथ्यता, रुपन्देही जिल्ला अध्यक्ष अनन्तराम शर्माको विष्णु प्रसाद पन्थीको विशिष्ट आतिथ्यता, लुम्बिनी प्रदेश सह–कोषाध्यक्ष एवं निर्वाचन अधिकृत महेश भुर्तेल र प्याब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष एवं निर्वाचन अधिकृत एक नारायण काफ्लेको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्याब्सन सिद्धार्थनगरका उपाध्यक्ष एवं कार्यक्रम संयोजक उदय कुमार मल्लिकको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र घिमिरेले गरेका थिए ।