२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

निरोगीताको लागि योग र प्राकृतिक चिकित्सा स्वास्थ्य जरुरी : मुख्यमन्त्री आचार्य

शनिवार , मंसिर ८, २०८१

बुटवल, ८ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योग र प्राकृतिक चिकित्सा रोग निवारणको लागि मात्र नभइ स्वास्थ्य प्रवद्र्धन र जीवनशैली सुधारका लागि महत्वपूर्ण रहेको बताएका छन् । रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले नागरिकको समग्र स्वास्थ्य सुधारमा योगदान पुर्‍याउन योग र प्राकृतिक चिकित्सा स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताएका हुन् । निरोगी प्रदेशबासी अभियानलाई सफल बनाउन योग तथा प्राकृतिक चिकित्सा स्वास्थ्य जरुरी रहेको उनको भनाइ छ ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न योग तथा प्राकृतिक चिकित्सा स्वास्थ्यलाई अघि बढाउने बताए । ‘स्वास्थ्य कार्यक्रमहरुमा योग र प्राकृतिक चिकित्सालाई समावेश गरेर दीर्घकालीन रणनीति तयार गर्छौं’उनले भने,‘यसका लागि योग केन्द्ररुको प्रवद्र्धन गर्ने, जनचेतना कार्यक्रम सञ्चालन गर्ने लगायतका रणनीतिक योजना बनाउन जरुरी छ । यसमा सरकारले ध्यान दिन्छ ।’ 

प्रदेश सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरुबाट योग तथा प्राकृतिक चिकित्सा सम्बन्धि परामर्श समेत दिने गरी कार्यक्रम बनाउने उनले बताए । लुम्बिनी प्रदेश सरकारले आयूर्वेद अस्पताल तथा उपचार केन्द्रहरुमा सेवाहरु थप गर्ने उनले जानकारी दिए । यसका साथै प्राकृतिक चिकित्सक, परामर्शदाताहरुको उत्पादनमा ध्यान दिने, शिक्षामा योग र प्राकृतिक चिकित्सा विषयलाई पाठ्यक्रमको रुपमा समावेश गरेर व्यापक बनाउने बारेमा पनि सरकारले ध्यान दिने उनले बताए ।

WhatsApp Image 2024-11-23 at 5.56.38 PM.jpeg

सो अवसरमा पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयका अध्यक्ष चित्र कार्कीले योग र प्राकृतिक चिकित्सालयको बारेमा जानारी दिदै योग र प्राकृतिक चिकित्सा स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउन सुझाव दिए ।