
बुधवार , फाल्गुण २६, २०७७
भैरहवा, २६ फागुन ।
नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ नगर समिति, भैरहवाको चौथो अधिवेशन बुधबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले
पुनः राम विद्या विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा शिवधन यादव, विन्द्रावती कोहार, सचिवमा चन्द्रिका प्रसाद धवल र कोषाध्यक्षमा राम प्रसाद पासवान रहेका छन् ।
त्यस्तै सदस्यहरुमा नानु माया थारु, मनगाठु कोहार, घनश्याम धोबी, मोविन जोलहा, कोमल थारु र भिम बहादुर हरिजन निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत प्रख्यात बन्जाडेले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij